प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हिजो आइतबार बिहान वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ०९२८ नम्बरको इभि गाडी चेकजाँच गर्ने क्रममा बागलुङ घर भएका १९ वर्षीय बिबेक घर्तिमगरलाई करिब १ ग्राम ६ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।
C7#
त्यस्तै, रूपन्देहीको सैनामैना नगरपालिका–६ रामापुर कलौनीबाट पनि अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो सोही नगरपालिका–७ निवासी ४२ वर्षीय हरि खनाललाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्रामसहित पक्राउ गरेको जनाएको छ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।