वास्तविक शेयरधनीलाई बाहिरै राखेर सिनर्जी पावरको साधारणसभा सकियो, शेयरधनी भन्छन्-कानुनी प्रक्रियाअनुसार अघि बढ्छौं

Feb 02, 2026 03:25 PM merolagani



यसअघि कोरम नपुगेको र प्रोक्सी दर्ता प्रमाणिकरण सम्वन्धी विवादका कारण दुईपटक स्थगित भएको सिनर्जी पावर लिमिटेडको साधारणसभा सोमबार सम्पन्न भएको छ । 

तेस्रो पटक बोलाएको कम्पनीको १९ औ वार्षिक साधारणसभामा भने वास्तविक शेयरधनीहरु सहभागी हुन पाएनन् ।

कारण, कम्पनी सञ्चालक समितिका पदाधिकारी र शेयरधनीबीच विगतदेखिको विवाद निरुपण नभइ साधारण सभा सम्पन्न गरिएको छ । शेयरधनीहरुका अनुसार, कम्पनीभित्रका बदमासी लुकाउन वास्तविक शेयरधनीलाई बाहिर नै राखेर साधारण सभा गरिएको हो ।

कम्पनीका एक शेयरधनीले बताएअनुसार, कम्पनीको सबैभन्दा बढी संस्थागत लगानीकर्ता एभरेष्ट भेन्चर्सलगायत धेरै वास्तविक शेयरधनीलाई साधारणसभा स्थल प्रवेशमा रोक लगाइएको थियो । बाहिरबाट बाउन्सर र गुण्डाहरु बोलाएर कम्पनी सञ्चालकले साधारण सभा गरेका थिए ।

साधारणसभास्थल बौद्ध हेरिटेड पार्टी प्यालेसमा पुग्दा वास्तविक शेयरधनीलाई भित्र पस्न नदिएको र कम्पनीले आफ्नो बदमासी लुकाउन यस्तो हर्कत गरेको एक शेयरधनीले बताए । उनले भने, ‘हामी धेरै शेयरधनीलाई भित्र छिराइएन । बाहिरबाट गुण्डा लगाएर र बाउन्सर राखेर साधारणसभा गरियो । हामी वास्तविक शेयरधनीले साधारणसभामा उपस्थिति जनाउन पाएनौं ।’

ती शेयरधनीले कम्पनीले गैरकानुनी रुपमा साधारणसभा गरे पनि त्यसको कानुनी प्रक्रिया अनुसार आफुहरु अघि बढ्ने बताए । ‘जसरी कम्पनीले वास्तविक शेयरधनीलाई बाहिरै राखेर गैरकानुनी रुपमा साधारणसभा गर्यो । हामी त्यसको प्रतिवाद गछौं । कानुनी प्रक्रिया अनुसार अघि बढ्छाैं’ उनले मेरोलगानीसँग भने ।

C7#

यसअघि दोस्रोपटक साधारणसभा स्थगन हुँदा अधिकांश शेयरधनीहरुले विभिन्न नियमनकारी निकायलाई विवाद समाधानका लागि हार गुहार गरेका थिए । पछिल्लो पटक गरिएको गैरकानुनी साधारणसभाको निर्णय वास्तविक शेयरधनीहरुलाई थाहा नै नभएको र नमान्ने उनीहरुको दाबी छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।