दुई दिनको घटाईपछि फेरि पनि जेनजी स्टकमै चार्म, बजार झिनो अंकले बढ्यो

Feb 02, 2026 03:33 PM Merolagani



दुई दिनको गिरावटपछि भर्खरै आईपीओ आएका कम्पनीहरु बढने क्रमलाई सोमबारदेखि पुनः निरन्तरता दिएको छ । बुधबार शीर्ष १० स्थानमा आएका अधिकांश कम्पनीहरु भर्खरै सूचीकृत भएका जेनजी स्टकहरु नै थिए ।

सोमबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ अंकमा बिन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.७५ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१० अंकले बढेको छ ।

यस दिन नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबारको बजारमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँको कारोबार भयो । आइतबार ९ अर्ब १० करोड ९४ लाख रुपैयाँको कारोबार भएको थियो ।

आजको बजारमा सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डस्ष्ट्रिज र हिमस्टार ऊर्जा १० प्रतिशतले सकारात्मक सर्किट लागेर बढेको थियो भने सान्भि इनर्जीको शेयर मूल्य ९.९४ प्रतिशत, बन्दिपुर केबुलकारको शेयर मूल्य ९.९३ प्रतिशत र ट्रेड टावर लिमिटेडको शेयर मूल्य ८.९४ प्रतिशतले बढेको थियो । त्यस्तै, मिथिला लघुवित्तको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ५.५३ प्रतिशत तथा शिवश्री हाइड्रोपावर ५ प्रतिशत र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य ४.०५ प्रतिशतले घटेको छ ।

सोमबारको बजारमा आँखु खोला जलविद्युत कम्पनीको शेयर सर्वाधिक रुपैयाँको कारोबार भएको छ । यस कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको हो भने एसवाई प्यानल नेपालको ३८ करोड ५० लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

#c6#

यस दिन कारोबारमा आएका १३ उपसमूह मध्ये होटल तथा पर्यटन १.७७ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४५ प्रतिशत बढेको छ भने विकास बैंक, निर्जीवन बीमा समूह र व्यापार समूहमा पनि झिनो वृद्धि देखिएको छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।