शिवपुरी राष्ट्रिय निकुञ्जको मुटुमै काठमाडौं नजिकैको एउटा शान्त प्रवेशद्वारका रुपमा अवस्थित प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म ले प्रकृति, सहजता, र दिगोपनको अनुपम संयोजन प्रस्तुत गर्दछ। यस रिसोर्टले दिगो पर्यटनको आदर्श नमूनाका रूपमा आफूलाई स्थापित गरेको छ, जहाँ इको–लक्जरी, अर्गानिक खेती, र सामुदायिक सशक्तीकरण प्रकृतिसँग सुमधुर रूपमा एकीकृत छन्। पाहुनाहरूलाई यहाँ उत्तरदायी पर्यटन, वातावरणीय संरक्षण, र ग्रामीण जीवनका वास्तविक अनुभवहरूमा आधारित आत्मीय आतिथ्य अनुभव प्रदान गरिन्छ।
पाटा नेपाल र प्रकृति रिसोर्ट बीचको साझेदारी अनुरुप, प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मले मार्टमा आमन्त्रित क्रेताहरु र बिदेशी पाहुनाहरुका लागि एक परिचयात्मक भ्रमण आयोजना गरी सो गन्तव्यमा प्रदान गरिने पर्यटकीय उपज र सेवाहरु अनुभव एवं आतिथ्यता प्रदान गर्नेछ।
प्रकृति रिसोर्ट मा पाहुनाहरुलाई शान्त प्राकृतिक सौन्दर्य, सजग आतिथ्य, र दिगो पर्यटन अभ्यासहरूको प्रत्यक्ष अनुभव प्रदान गरिने र पाटा नेपालसँग हिमालयन ट्राभल मार्टको “सस्ट्यानिबिलिटी एक्स्पेरियन्स पार्टनर“ का रूपमा साझेदारी गर्न पाउँदा प्रकृति रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आफु साह्रै हर्षित र गौरवान्वित भएको ब्यक्त गरे।
C7#
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले यस साझेदारीमार्फत दिगोपनलाई आतिथ्य र यात्रा अनुभवमा सहज रूपमा एकीकृत गर्न सकिनुका साथै आगन्तुकहरू र स्थानीय समुदाय दुवैलाई लाभान्वित गराउने एक उत्कृष्ट उदाहरणको रुपमा प्रकृति रिसोर्ट रहेको अनुभव बिदेशी पाहुनाहरु समक्ष प्रश्तुत गर्न लागेको बताए। यो पहलले हिमालयन ट्राभल मार्टको मूल उद्देश्य — नेपाललाई दिगो र अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यलाई अझ सशक्त बनाउनेछ।