राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

Feb 02, 2026 03:44 PM Merolagani



राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत भएका छन् । सभाको सोमवारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् ।

सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रश्ताव पेश गरेका थिए । उक्त प्रश्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।