भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले माघ १८ गते आइतबार काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा नयाँ शाखा विस्तार गरेको हो।

नयाँ बानेश्वरको कात्यायनी चोकमा अवस्थित यस ’करेन्ट मार्ट’ को भव्य उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए । साथै, डाइरेक्टर मधुसुदन घिमिरेले करेन्ट मार्टको बारेमा मिडियालाई विस्तृत जानकारी समेत दिएका थिए ।
उद्घाटन समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसाललगायतले विशेष उपस्थिति जनाएका थिए साथै, यस समारोहमा ग्राहक तथा शुभचिन्तकहरुको पनि राम्रै उपस्थिति रहेको थियो।
C7#
यस नवनिर्मित ’करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुनेछन्। त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया तथा बिभिन्न प्रकारका मसला (जिरा पाउडर, धन्या पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।