कालिञ्चोक हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

Feb 02, 2026 05:29 PM merolagani



कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त गरेको छ। बोर्डले २०८२ साल माघ १९ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि आवश्यक विवरण पत्र प्रकाशन गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो।

धितोपत्र बोर्डको स्वीकृति अनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। यस माध्यमबाट कम्पनीले कुल १३ करोड ७५ लाख रुपैयाँ बराबरको पुँजी बजारबाट सङ्कलन गर्ने लक्ष्य राखेको छ। बोर्डले विवरण पत्रका लागि स्वीकृति दिएसँगै अब कम्पनीले निष्कासन मिति तोकी सार्वजनिक सूचना आह्वान गर्ने बाटो खुलेको छ।

कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई सुम्पेको छ। अब कम्पनीले नियमअनुसार पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गर्नेछ भने त्यसपछि सर्वसाधारणका लागि आवेदन खुला गर्नेछ।

 




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।