ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीसँगको मित्रता र सम्मानका कारण यो निर्णय लिएको बताए । सम्झौताको बदलामा भारतले पनि अमेरिकाविरुद्धका भन्सार र गैर–भन्सार अवरोधहरूलाई शून्यमा पुर्याउने सहमति जनाएको छ ।
यसका साथै, प्रधानमन्त्री मोदीले ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीका अमेरिकी उत्पादनहरू खरिद गर्ने बाई अमेरिकन नीतिप्रति प्रतिवद्धता जनाएका छन् । ट्रम्पकाअनुसार भारतले रुसी तेल खरिद गर्न बन्द गर्ने र त्यसको सट्टा अमेरिका र सम्भावित रूपमा भेनेजुएलाबाट तेल खरिद गर्ने सहमति गरेको छ । यसअघि रुसी तेल खरिद गरेको भन्दै अमेरिकाले भारतमाथि अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो ।