आयोगले बन्दसूचीबाट हटायो ७६ समानुपातिक उम्मेदवारको नाम (सूचीसहित)

Feb 03, 2026 11:52 AM Merolagani



निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले पेस गरेको समानुपातिक तर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाएको छ। 

आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न मापदण्ड पूरा नगरेका उम्मेदवारहरूलाई बन्दसूचीबाट हटाइएको जानकारी दिएको हो।

आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा दोहोरो रूपमा नाम समावेश भएका, आयोगले तोकेको जरिवाना भुक्तान नगरेका तथा न्यूनतम २५ वर्ष उमेर पूरा नभएकालगायत उम्मेदवारहरूको नाम बन्दसूचीबाट  हटाएको हो।

प्रावधान र निर्वाचनसम्बन्धी मापदण्ड पालना सुनिश्चित गर्न यस्तो निर्णय गरिएको निर्वाचन आयोगले स्पष्ट परेको छ ।





अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।