बालेन बने सर्वाधिक फलोअर भएको नेपाली नेता

Feb 03, 2026 12:27 PM Merolagani



काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ फेसबुकमा सर्वाधिक फलोअर हुने पहिलो  नेता बनेका छन् । 

उनको आधिकारिक फेसबुक पेजमा हाल ३४ लाख ६२ हजारभन्दा बढी फलोअर पुगेका छन्। यससँगै उनले अभिनेत्री रेखा थापालाई पछि पार्दै फेसबुकमा सर्वाधिक फलोअर हुने नेपालीहरूमध्ये दोस्रो स्थान हासिल गरेका छन्।

हाल फेसबुकमा सर्वाधिक फलोअर हुने नेपाली व्यक्ति भने जनकपुरकी सान्भी भगत हुन्, जसका फेसबुकमा ४० लाखभन्दा बढी फलोअर छन्। अभिनेत्री रेखा थापाको आधिकारिक फेसबुक पेजमा भने हाल ३४ लाख ४६ हजारभन्दा बढी फलोअर रहेका छन्। उनी नेपाली सेलिब्रिटीमध्ये सर्वाधिक फलोअर भएकी अभिनेत्रीका रूपमा चिनिन्छिन्।

बालेनको लोकप्रियता एउटा पेजमा मात्र सीमित छैन। उनको व्यक्तिगत फेसबुक अकाउन्टमा ४ लाख ५२ हजारभन्दा बढी फलोअर छन्। साथै, सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि उनलाई १० लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरिरहेका छन्।

काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा अघि सारेको छ। सोही अनुसार उनी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका छन्।

उक्त क्षेत्र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले यो चुनाव थप चासो र चर्चाको केन्द्रमा रहेको छ।

हाल बालेनको आधिकारिक फेसबुक पेज ‘म्युजिसियन ब्यान्ड’ क्याटेगरीमा राखिएको भए पनि, उनको मुख्य पहिचान अब संगीतभन्दा धेरै राजनीतिक नेतृत्व र जनप्रिय व्यक्तित्वका रूपमा स्थापित हुँदै गएको देखिन्छ। व्यक्तिगत फेसबुक प्रोफाइलमा भने उनले आफूलाई र्‍यापर, स्ट्रक्चरल इन्जिनियर तथा काठमाडौँका पूर्व मेयरका रूपमा परिचय दिएका छन्।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।