निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन

Feb 05, 2026 03:07 PM Merolagani



गृह मन्त्रालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएको छ।

मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै निर्वाचन अवधिमा हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटनाहरू रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको हो। साथै, अनुगमनका क्रममा गरिएका गतिविधि तथा अवस्थाबारे नियमित रूपमा प्रतिवेदन मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिइएको छ।

गृह मन्त्रालयकाका अनुसार निर्वाचनलाई मर्यादित बनाउने उद्देश्यले आचारसंहिताको कडाइका साथ अनुगमन गर्न जोड दिइएको हो ।

निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०८२’ को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्लास्तरमा अनुगमन सुदृढ गर्ने उद्देश्यले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी तोकेको हो।

यसैबीच, मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सचिवको संयोजकत्वमा केन्द्रीय कमाण्ड पोस्टसमेत गठन गरिसकेको जनाएको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।