विद्युत बिक्री आम्दानीसँगै घट्यो सानिमा माइ हाइड्रोपावरको नाफा

Feb 10, 2026 12:22 PM Merolagani



सानिमा माइ हाइड्रोपावर लिमिटेड (SHPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.३३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४५.८१ प्रतिशत घटेको छ भने कुल नाफा ५२.०७ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन मुनाफा समीक्षा अवधिमा ६८.८९ प्रतिशत र वित्तीय खर्च ५६.१६ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ९ रुपैयाँ १२ पैसा घटेर ६ रुपैयाँ ७२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.१४ गुणा रहेको छ।

३ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।