आम्दानी बढेपछि बन्दीपुर केबलकारको नोक्सानी घट्यो

Feb 12, 2026 05:15 AM Merolagani



बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (BANDIPUR) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ करोड ५९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७४ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।

कम्पनीको सञ्चालन आम्दानी बढेको र खर्च घट्का कारण नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३९.४८ प्रतिशत बढेको छ भने कुल आम्दानी ७८.४३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ८.१४ प्रतिशत र वित्तीय खर्च ३५.७६ प्रतिशत घटेको छ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ४७ पैसा रहेको छ।

२ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।