कालिञ्चोक दर्शनको आम्दानी उल्लेख्य बढ्यो, नाफा कति?

Feb 12, 2024 04:21 AM Merolagani



कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा सो अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ९८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ६५३.०८ प्रतिशत बढेर ३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको सञालन आम्दानी ७०४.९४ प्रतिशत बढेको छ भने वित्तीय खर्च ८५.२९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ६८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ३७ लाख रुपैयाँ धनात्मक भएको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९४ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३८०.३९ गुणा रहेको छ।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।