कम्पनीका अनुसार, उक्त स्कुटरको मूल्य १ लाख ६० हजार ६०० भारतीय रुपैयाँमा भारतका विभिन्न एक्स शोरुमहरुमा उपलव्ध हुनेछ । यो स्कुटर दुईवटा रंगमा उपलव्ध हुनेछ । सेतो र निलो रंगमा उपलव्ध हुने छ ।

यो स्कुटर सार्वजनिकसँगै इलेक्ट्रिक मोबिलिटी सेग्मेन्टमा यमाहाको रणनीतिक प्रवेश गरेको जनाएको छ । सार्वजनिक भएको यो दुई पाङ्ग्रे इलेक्ट्रिक एसयूभीको डिजाइन र लेआउट पहिलेको तुलनामा धेरै परिवर्तन भएर आएको कम्पनीले जनाएको छ ।
विशिष्ट र आरामदायी खोज्ने युवाहरुका लागि यो स्कुटर निकै प्रभावकारी रहेको कम्पनीको दाबी छ । भारतमा निर्मित यो स्कुटर ४ किलोवाटको ब्याट्रीमा उपलव्ध छ । यसले ७९ किलोमिटर प्रतिघण्टाका दरले उच्च गति प्रदान गर्ने कम्पनीको दाबी छ । २६ एनएमको अधिकतम टर्क र ६.७ किलोवाटको अधिकतम शक्ति प्रदान गर्नेछ ।
आधुनिक, स्टाइलिस र कार्यात्मक यात्रा विकल्प रोज्ने युवाहरुका लागि लक्षित गरेर बनाइएको यो स्कुटर एक पटक फुल चार्ज गरेपछि १६९ किलोमिटरको दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले ब्याट्रीमा ३ वर्षको वारेन्टी वा ३० हजार किलोमिटरको वारेन्टीसमेत प्रदान गरेको छ । उक्त स्कुटर फुल चार्ज गर्न भने ८ घण्टा लाग्नेछ । भारतमा सार्वजनिक भएको उक्त स्कुटर अबको एक वर्षभित्र नेपालमा भित्रिने र बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।