अर्गनाइजेशनले संघीय ट्रेडमार्क कार्यालयमा दर्ता गरेको आवेदनहरूले विमानस्थलहरूमा राष्ट्रपतिको नाम प्रयोग गर्न विशेष अधिकार माग गरेको र ‘राष्ट्रपति ट्रम्प’ नामबाट ट्रेडमार्क दर्ता गरि जहाजका यात्रुहरूले प्रयोग गर्ने बसहरूदेखि छाता र यात्रा ब्यागदेखि उडान सूटहरूसम्म त्यो नाम प्रयोग गर्नको लागि अनुमति माग गरेको छ । त्यस्तै फ्लोरिडामा पाम बीच एयरपोर्टको नाम ट्रम्पको नाममा राख्नको लागि विधेयक प्रस्तुत गरिएको छ भने अन्य राज्यहरुमा पनि सार्वजनिक स्थलदेखि सरकारद्धारा संचालित व्यवसायिक कम्पनीहरुको नाममा ‘राष्ट्रपति ट्रम्प’ जोड्नको लागि प्रयास भइरहेको छ ।

यो घटनाले अमेरिकामा निकै ठूलो विवाद निम्त्याएको छ । विवाद चर्किदै गएपछि ट्रम्प अर्गनाइजेसनले अहिले ‘राष्ट्रपति ट्रम्प’ को अघोषित ट्रेडमार्क सबैभन्दा धेरै दुरुपयोग भएकोले त्यसलाई रोक्नको लागि उक्त शब्दको ट्रेडमार्क दर्ताको साथै कतिपय स्थानको नाममा त्यो शब्द प्रयोग गर्ने अनुमति मागिएको स्पष्टिकरण दिएको छ ।
‘अमेरिकी इतिहासमा बहालवाला मात्र होइन, भुतपूर्व राष्ट्रपतिको निजी कम्पनीले इतिहासमा यस्तो नामकरणको अगाडि ट्रेडमार्क अधिकार खोजेको छैन’ ट्रेडमार्क कानुनका ज्ञाता जोस ग्रेबन भन्छन् । उनका अनुसार राष्ट्रपतिले गरेको योगदानको आधारमा अवकाश पाएपछि वर्षाैं पछि उनीहरुको नाममा कुनै सार्वजनिक स्थलको नामाकरण गर्ने प्रचलन छ । जस्तोकि बिल क्लिन्टनले अवकाश पाएको ११ वर्ष पछि बल्ल उनको नाममा एयर पोर्टको नाम राखिएको थियो । रोनाल्ड रेगनको लागि ९ वर्ष र जेराल्ड फोर्डका लागि यो २२ वर्ष लाग्यो ।
तर, ट्रम्प त पदमा रहंदा नै महत्वपूर्ण सबै सार्वजनिक निकायहरुको नाम परिवर्तन गरेर आफ्नो नाममा राख्ने प्रयास गर्दैछन्, त्यो पनि ट्रेडमार्क नै दर्ता गरेर । त्यसैले अमेरिका नै ट्रम्पमय बनाउँदै विगतको इतिहास र महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुको योगदान तथा इतिहासलाई मेटाउने प्रयास निकै खतरनाक भएको ग्रेबन बताउँछन् ।
राष्ट्रपति पदबाट आफू र आफ्नो परिवारले फाइदा उठाइरहेको भन्ने आलोचनाको जवाफमा ट्रम्पले आफ्नो व्यवसायलाई आफ्ना छोराहरूले विश्वासमा राखेको र कम्पनीमा आफ्नो दैनिक संलग्नता नभएको दावी गर्दै आएका छन् । तर, उनको निर्देशनमा ट्रम्प अर्गनाइजेशनले गरिरहेको सार्वजनिक स्थलहरुको नामहरु परिवर्तन गरेर ‘राष्ट्रपति ट्रम्प’ राख्ने प्रयासले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो विवाद निम्त्याउने देखिएको छ ।
कतिपय स्थानमा विरोध प्रदर्शन गर्ने तयारी भइरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।