आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने महाशाखाको पूर्वानुमान छ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भूभाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।