ट्रम्पले वाशिङ्टन डीसीमा बोर्ड अफ पिसको उद्घाटन बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । स्थानीय विश्लेषकहरूकाअनुसार ट्रम्पले यो अवधिभित्र इरानमाथि सम्भावित अमेरिकी हमला हुनसक्ने संकेत गरेका छन् । वर्षौंदेखि इरानसँग अर्थपूर्ण सम्झौता गर्न सजिलो भएको छैन ।
अमेरिकाले ले अर्थपूर्ण सम्झौता गर्नैपर्ने नत्र नराम्रा कुराहरू हुने उनको चेतावनी छ । यो घटनाक्रमले मध्यपूर्वमा तनाव थप बढाएको छ । जसमा अमेरिकाले दोस्रो विमानवाहक समूह पनि क्षेत्रमा पठाइरहेको छ । इरान आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी छ । तर दुवै पक्षबीच ठूलो खाडल रहेको बताइएको छ ।