संयुक्त उर्जाद्वारा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन

Feb 20, 2026 02:54 PM MeroLagani



संयुक्त उर्जा लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको छ । कम्पनीले फागुन ५ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।




सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM

फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।