माेटरसाइकलमा स्रोत नखुलेको साढे ११ लाख लिएर हिड्ने एक जना पक्राउ

Feb 20, 2026 03:22 PM Merolagani



महोत्तरीको मनरा शिसवा नगरपालिका–३, सोनौल बजारबाट स्रोत नखुलेको नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअनुसार सम्सी गाउँपालिका–७ बस्ने गौतम साहलाई बिहीबार दिउँसो ११ लाख ५१ हजार ३ सय रुपैयाँसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरी टोलीले पोखरभिण्डाबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२–००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारेको जनाएको छ।

बरामद रकमको स्रोत खुलाउन नसकेको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM

फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।