ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ

Feb 26, 2026 11:14 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेसको सम्बोधनका क्रममा अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको बताएका छन् ।

यो भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई जनवरीमा अमेरिकी सेनाले जबरजस्ती नियन्त्रणमा लिएपछि भएको हो । ट्रम्पले सम्बोधनमा अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले बढेको बताए । भेनेजुएलालाई नयाँ मित्र तथा साझेदारका रुपमा चित्रण गर्दै उनले भेनेजुएलाबाट अमेरिकाले ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेकाे बताए ।

जनवरी ३, २०२६ मा अमेरिकी विशेष सेनाले आक्रमण गरी मदुरोलाई पक्राउ गरेको थियो । मदुरोलाई ड्रग ट्राफिकिङ तथा अन्य अपराधका आरोपमा न्यूयोर्कको अदालतमा लगिएको छ । यसपछि अमेरिकाले भेनेजुएलाको तेल निर्यात नियन्त्रणमा लिएको र प्रतिवन्धहरू केही खुकुलो बनाएको छ । जसले तेल उत्पादन बढाउने लक्ष्य राखेको छ ।

यद्यपि केही रिपोर्टहरूका अनुसार ट्रम्पको दाबीमा भिन्नता छ । जहाज ट्रयाकिङ डाटाले जनवरीपछि भेनेजुएलाबाट कुल निर्यात करिव ३० मिलियन ब्यारेल मात्र देखाएको छ । तर ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूले भेनेजुएलाको तेल उद्योगलाई पुनरुत्थान गर्न सहयोग गरिरहेको दाबी गरेको छ ।

यो घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजार तथा अमेरिका–भेनेजुएला सम्बन्धमा ठूलो प्रभाव पारेको छ ।




कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Feb 25, 2026 06:38 AM

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।