निजामतीदेखि उद्योगपतिसम्मः शेयर बजारले बदलेको अम्बिका प्रसाद पौडेलको जीवन

Feb 23, 2026 05:51 PM Merolagani



निजामती सेवा जस्तो सुरक्षित र भरपर्दो जागिर छोडेर जोखिमपूर्ण क्षेत्र शेयर बजार तर्फ आकर्षित हुनु आफैमा शाहासिक निर्णय थियो । हुँदाखादाको सरकारी जागिर छोडेर शेयर बजारमा पूर्णकालीन लगानीकर्ता बनेका अम्बिका प्रसाद पौडेलले जीवनमा त्यसपछि कहिले पछि फर्केर हेर्नु परेन ।

पौडेलको लगानी यात्रा सजिलो भने थिएन । नाफाले उत्साहित बनाउने क्षणहरू जति आए, नोक्सानीले आत्मसमीक्षा गर्न बाध्य बनाउने दिनहरु पनि उत्तिकै आए। नेप्से सूचकमा हुने उतार–चढाब पौडेलका स्थायी सहयात्री बनिरहे ।

बजारको मनोविज्ञान,कम्पनीको आधारभूत अवस्था र दीर्घकालीन सम्भावनामा केन्द्रित रणनीतिले पौडेललाई क्रमशः परिपक्व र विश्वसनीय लगानीकर्ताको रूपमा उभ्याएको छ ।

बजारबाट सिर्जीत पूँजीलाई इन्स्योरेन्स,हाइड्रोपावर, होटल, उत्पादनमूलक क्षेत्रलगायत थुप्रै कम्पनीमा लगानी गरेका पौडेल आज सफल उद्योगपति समेत बनेका छन् । पौडेलका उद्योगहरूले सयौंलाई रोजगारी दिँदै अर्थतन्त्रमा योगदान पुर्याएका छन् ।

पौडेलको जीवन यात्रा नव प्रवेशी लगानीकर्ताहरुका लागि स्पष्ट मार्गदर्शन हो। सही ज्ञान, धैर्य र दृष्टिकोण भए जोखिम पनि अवसरमा रूपान्तरण हुन सक्छ भन्ने दृष्टान्त पनि हो । लगानीकर्ताहरुका लागि तीनै प्रेरणाका स्रोत इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेललाई ‘मेरो लगानी मार्केट लेजेन्ड्स सिरिज’मा स्वागत गर्दछौं ।

 




सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Feb 18, 2026 10:52 AM

फागुन ६ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो ।