डा. घिमिरेले नेपालमा शेयर बजार प्रारम्भिक चरणमा रहेकै समयमा नेपाल इन्डोस्वीज बैंकको प्राथमिक शेयर खरिद गरि लगानीको सुरुवात गरेका थिए । डा. घिमिरेलाई शेयर बजार अनुमानको खेल होइन, ज्ञान र विश्लेषणको सागर हो भन्ने निष्कर्ष दियो । विगत ३२ वर्षदेखि निरन्तर दोस्रो बजारको लगानी अनुभव, नाफा–घाटाको चक्र र बजारको मनोविज्ञानलाई नजिकबाट बुझ्दै उनी परिपक्व लगानीकर्ता बने ।
डा. घिमिरे अहिले जलविद्युत, बीमा, लघुवित्त जस्ता क्षेत्रमा सफल उद्यमी हुन् । भावना भन्दा तथ्य, हल्ला भन्दा अध्ययन र धैर्यलाई प्राथमिकता दिने उनको दर्शन नयाँ पुस्ताका लगानीकर्ताका लागि प्रेरणाको स्रोत हुन् । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष समेत रहेका डा. घिमिरेलाई ‘मेरो लगानी मार्केट लेजेन्ड्स सिरिज’मा स्वागत गर्दछौं ।