नोक्सानीले रोकेन शेयर बजारको सफलता !

Mar 02, 2026 05:57 PM Merolagani



नेपाली शेयर बजारमा प्रभावशाली व्यक्ति मध्येमा ज्ञानेन्द्रलाल प्रधान पनि एक हुन् । तथ्यमा आधारित निर्णय र दीर्घकालीन सोच बनाएर लगानी रणनीति बनाउँदा प्रधान शेयर बजारमा सफल मानिन्छन् ।

प्रधानलाई सफल लगानीकर्ताको पहिचान सहज रूपमा प्राप्त भएको भने हाेइन । उनको सफलताको पछाडि ठूलो आत्मसंघर्ष,नोक्सानी र बजारप्रतिको गहिरो बुझाई जोडिएको छ ।

ज्योति स्पिनिङ्गमा गरेको पहिलो लगानीनै डुबेपछि ज्ञानेन्द्रलाल नआत्तिएका होइनन् । तर “यो बजार आफ्नो लागि होइन” भन्ने ठानेका प्रधानले त्यसपछि पनि हार खाएनन् । नेप्से परिसूचक २९० को हाराहारीमा झरेको बेला प्रधान बजारमा पुनः प्रवेश गरे । आज सो निर्णयलाई उनी आफ्नो जीवनकै महत्वपूर्ण मोड मान्छन् र आफूलाई धेरै भाग्यमानी ठान्छन । प्रधानको स्पष्ट धारणा छ, “गुमाउनेले मात्रै बजार बुझ्छ।” प्रधानका लागि घाटा अन्त्य होइन, सिकाइको आधार हो । बजारमा भएको नोक्सानीले उनलाई बजारको मनोविज्ञान,जोखिम र अवसर बुझ्ने प्रेरणा दियो। 

सफल लगानीकर्ता हुन बजारमा प्रवेश गर्ने समय सही हुनु पर्नेमा प्रधान विश्वास गर्छन् । ज्ञानेन्द्रलालको कथा नाफाको मात्र होइन, असफलताबाट सफलतामा पुग्ने लगानी यात्राको प्रेरणाको कथा पनि हो। शेयर बजारका प्रभावशाली तिनै व्यक्ति ज्ञानेन्द्रलाल प्रधानलाई ‘मेरो लगानी मार्केट लेजेन्ड लेजेन्ड्स’मा स्वागत गर्दछौं ।

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।