बैंकिङ र कर्पोरेट क्षेत्रमा लामो अनुभव बटुलेका टिब्रेवाला वित्तीय समावेशीकरण र संस्थागत विकासका अग्रणी हुन् । उनी नीतिगत सुधार र पारदर्शितामा विश्वास गर्छन्। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सञ्चालकका रूपमा काम गर्दा पदलाई लाभको माध्यम उनले कहिले बनाएनन् ।
इन्डोस्वेज बैंकको सञ्चालक हुँदा उनले विपन्न वर्गहरुका लागि साना कर्जा प्रवाह गर्ने नीति लागू गर्न नियामक समक्ष प्रस्ताव राखे । सोही अनुसार नेपालमा लघुवित्त संस्थाहरू स्थापना हुने बाटो खुला भएको मानिन्छ ।
नेप्सेको स्थापनादेखिका साक्षी टिब्रेवाला पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउनु पर्ने बुझाई राख्छन । विदेशी कम्पनी सूचीकृत गराउँदै त्यस्ता लगानीकर्तालाई लक्षित गरी अलगै स्टक एक्सचेञ्ज स्थापना गर्नुपर्नेमा टिब्रेवाला जोड दिन्छन ।
दीर्घकालीन सोच, नीतिगत हस्तक्षेप र संस्थागत प्रतिबद्धताका कारण टिब्रेवाला नेपालका दूरदर्शी वित्तीय नेतृत्वकर्ताका हुन् । आधुनिक वित्तीय प्रणाली निर्माणमा महत्वपूर्ण योगदान दिएका वित्तीय क्षेत्रका दूरदर्शी निरञ्जन कुमार टिब्रेवालालाई ‘मेरोलगानी मार्केट लेजेन्ड्स सिरिज’मा स्वागत गर्दछौं ।