प्रहरीकोमा दर्ता हुने उजुरी मध्ये बैंकिङ कसुरका सबैभन्दा धेरै

Feb 26, 2026 01:41 PM Merolagani



प्रहरीकोमा दर्ता हुने उजुरी मध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दाहरु हुने गरेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ महिनामा मात्रै बैंकिङ कसुरमा सबैभन्दा धेरै १ हजार १७ मुद्दा दर्ता भएका छन्।

यो कुल मुद्दा दर्ताको २२ दशमलव २९ प्रतिशत हो। सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध ५६३ अर्थात १२ दशमलव ३४ प्रतिशत मुद्दा दर्ता भएका छन्।

आत्महत्याका ४ सय ९४, लागुऔषधका ४ सय ३६, भवितव्य ज्यानका ३ सय ८०, चोरीका ३ सय ६४ वटा मुद्दा दर्ता भएका छन्।

देशभर ४ हजार ५ सय ६१ मुद्दा दर्ता भएकामा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १ हजार ३ सय ३७ वटा मुद्दा दर्ता भएका तथ्याङ्कले देखाएको छ।

कोशी प्रदेशमा ७ सय ७५, मधेस प्रदेशमा ७ सय ४, लुम्बिनीमा ५ सय ७३, बागमतीमा ३ सय ८८, गण्डकीमा ३ सय ६७, सुदूरपश्चिममा २ सय ५८ र कर्णालीमा सबैभन्दा कम १ सय ५९ वटा मुद्दा दर्ता भएका छन्।




कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Feb 25, 2026 06:38 AM

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।