सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन

Mar 02, 2026 09:17 AM merolagani



नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

 

एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबार बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो । राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

निर्वाचन प्रचारप्रसारका निम्ति बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरूद्वारा राजनीतिक दल तथा उमेदवारको नगद वा चेक वा अरू विनिमय साधनको दाखिला, भुक्तानीलगायत बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ । रासस




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।