आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको लागि निःशुल्क बस सेवा सञ्चालन

Mar 05, 2026 11:25 AM Merolagani



निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ।

निर्वाचनलाई लक्षित गर्दै बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म सटल बस सेवा उपलब्ध गराएको हो। बिहान ५ बजेदेखि सुरु भएको उक्त सेवा साँझ ७ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

बोर्डका अनुसार सटल बस सेवा तोकिएका मार्गमार्फत नियमित रूपमा आवतजावत गर्नेछन्। पहिलो मार्गमा बा १ प १३७८ नम्बरको बस नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटल, नयाँबजार, शंकर होटल, र्‍याडिसन, दरबारमार्ग, याक एन्ड यति, नागपोखरी, गौशाला हुँदै द्वारिका होटलमार्फत विमानस्थलसम्म सेवा सञ्चालन हुनेछ। उक्त बसका सम्पर्क व्यक्ति रामबहादुर नगरकोटी हुन्।

त्यस्तै, दोस्रो मार्गमा बा १ प १३२० नम्बरको बस महाराजगञ्ज चोक, नारायणथान, धुम्बाराहीस्थित रामाडा होटल, चाबहिल, बौद्धस्थित हायात रीजेन्सी, जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म सञ्चालन हुनेछ। उक्त बसको समन्वय पवन गिरीले गरिरहेका छन्।

कुपण्डोल, हिमालयन होटल, त्रिपुरेश्वर, कलंकी, सोल्टी, एकान्तकुना, सातदोबाटो, ग्वार्कोस्थित रोयल टुलिप, तीनकुने, नयाँ बानेश्वर हुँदै एभरेष्ट होटलमार्फत विमानस्थलसम्म बा १ प १०८१ नम्बरको बस सञ्चालन गरिनेछ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।