साढे ४ सम्म ४८ प्रतिशत मत खस्यो

Mar 05, 2026 05:30 PM merolagani



आज भइरहेकाे प्रतिनिधि सभा निर्वाचनमा दिउँसो साढे ४ बजेसम्म ४८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कुल १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता रहेकोमा अहिलेसम्म ९० लाख ३६ हजार ७१८ जनाले मतदान गरेका छन् ।

आयोगका अनुसार उपत्यकामा ५७ प्रतिशत, कोशी प्रदेशमा ४९ प्रतिशत, मधेश प्रदेशमा ४० प्रतिशत, बागमती प्रदेशमा ४९ प्रतिशत, गण्डकी प्रदेशमा ४९ प्रतिशत, लुम्बिनी प्रदेशमा ५० प्रतिशत, कर्णाली प्रदेशमा ५० प्रतिशत र सुदुर पश्चिममा प्रदेशमा ४७ प्रतिशत गरी औसतमा ४८ प्रतिशत मत खसेको हो। अहिलेसम्म सबैभन्दा बढी मत उपत्यकामा ५७ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ४९ प्रतिशत मत खसेको छ ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।