Fri, Apr 24, 2026
प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हरेक वर्ष बाढीका कारण काठमाडौंका नदीकिनारमा रहेका हजारौँ मानिस भाग्नुपरेको पीडा उल्लेख गरेका छन् ।
सरकारले सुकुम्वासी बस्ती हटाउने तयारी गरिरहँदा बालेनले शुक्रबार फेसबुकमा स्टाटस लेख्दै यस्तो उल्लेख गरेका हुन् । अब पनि कुन दिन ठूलो दुर्घटना हुन्छ भनेर कुरेर बस्न नहुने उनले उल्लेख गरेका छन् ।
सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।