सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको अग्रता

Mar 07, 2026 12:45 PM Merolagani



सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ताले फराकिलो मतान्तरसहित अग्रता लिएका छन्।

पछिल्लो मतगणना परिणामअनुसार गुप्ताले नेकपा एमालेका उम्मेदवार रामशंकर यादवलाई ९ हजारभन्दा बढी मतले पछि पार्दै अग्रता कायम गरेका हुन्।

हालसम्मको मतपरिणाम अनुसार गुप्ताले १२ हजार १७५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामशंकर यादवले २ हजार ९७५ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीले २ हजार ६७ मत प्राप्त गरेका छन्।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।