प्रि ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो। फलस्वरुप बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको हो।
साे अवधिसम्ममा नेप्से परिसूचक १०८.६० अंक बढेर २८२१.१० विन्दुमा पुगेकाे छ। त्यस्तै, साे अविधसम्ममा २३१ स्टककाे १ हजार ६६९ पटककाे काराेबारमा १८ कराेड ९६ लाख १२ हजार रूपैयाँबराबरकाे ३ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएकाे छ।
अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्नेछ।