रास्वपाकाे उभार आउँदा चितवन–१ मा हरि ढकाल तेश्राे

Mar 06, 2026 10:57 AM merolagani



प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ ।

चितवन–१ मा नेकपा (एमाले)का उम्मेदवार दावा दोर्जे लामाले सुरुआती अग्रता बनाएका छन् । उनले ३९६ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल ७१ मतसहित तेस्रो स्थानमा रहेका निर्वाचन कार्यालयले जनाएको छ ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।