अलायन्सले एक विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदन सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको हो । प्रतिवेदन सरकारको हातमा पुगिसकेकाले अब कुनै बहाना नगरी २४ घण्टाभित्र नेपाली जनतासमक्ष सार्वजनिक गर्न माग गरेको छ ।
‘हामीले कुनै पनि त्यस्तो संस्करण स्वीकार गर्ने छैनौँ जुन सम्पादन, संक्षेपण वा राजनीतिक स्वार्थअनुकूल परिवर्तन गरिएको होस्,’ अलायन्सका प्रवक्ता सनातम रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।