अदालतले रिट खारेज गरेसँगै नाडाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुरेन्द्र उप्रेती

Mar 13, 2026 04:15 PM merolagani



बुधबार उच्च अदालत पाटनले नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालको निर्वाचन प्रक्रिया बदर गर्न पेश भएको रिट खारेज गरेसँगै नयाँ कार्यसमितिले पूर्णता पाएको छ ।

गत पुस १७ मा नाडाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भए पनि पुस २५ मा निर्वाचन प्रक्रिया बदरसम्वन्धी रिट परेपछि नयाँ कार्यसमितिका सदस्यहरुले सपथ लिएका थिएनन् ।

अदालतले रिट खारेज गरेसँगै नाडाको नयाँ कार्यसमितिले बिहीबार सपथ ग्रहण गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्र उप्रेती निर्विरोध चयन भएका थिए । त्यस्तै, कार्यसमिति सदस्यहरुमा व्यक्तिगततर्फ बिक्रम सिंहानिया, दीपेन्द्रकुमार मिश्रा, दीपकराज गिरी, मेघराज पौडेल,अनुपकुमार बराल,नवराज भूसाल, नविनकुमार परख, तोयानाथ खनाल, मिलनबाबु मल्ल, विकास जोशी र प्रकाश कपुरी चयन भएका थिए । अध्यक्ष उप्रेतीसहितका नयाँ कार्यसमिति सदस्यहरुलाई नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले पदभार हस्तान्तरण गरेका थिए ।

अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम दीपककुमार अग्रवाल, महेश पाल र राजेश गिरीलाई नाडाको केन्द्रीय सदस्यमा मनोनित गरे । त्यस्तै, संस्थागततर्फ सातै प्रदेशबाट एक-एक जना चयन भएका छन् । जसमा डिल्लीराज आचार्य (मोरङ), केदारकुमार अग्रवाल(जानकी), दामोदर प्रसाद अटल(हेटौंडा), दीपेन्द्र कोइराला(पश्चिमाञ्चल), गणेशप्रसाद भट्टराइ(लुम्बिनी), भद्र भण्डारी(कर्णाली) र पुस्करराज ओझा(सुदुरपश्चिम)ले समेत सपथ लिएका थिए ।

नयाँ कार्यसमितिका पदाधिकारीहरु भने विधानअनुसार अध्यक्षले सपथ लिएको सातदिनपछि नाम सार्वजनिक गरिने छ । नाडाको २९ सदस्यीय नयाँ कार्यसमिति गठन हुनेछ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।