प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि व्यापक आलोचना

Mar 16, 2026 12:32 PM Merolagani



प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनीत गरेको विषयमा व्यापक आलोचना भएको छ।

प्रतिनिधि सभा निर्वाचन सम्पन्न भई नयाँ सरकार आउनै लाग्दा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आइतबार आफ्ना स्वकीय सचिव श्रेष्ठलाई कोषको अध्यक्ष मनोनीत गरेकी थिइन्।

पूर्वमन्त्री ऐनबहादुर शाहीले कोषको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

प्रधानमन्त्री कार्कीको उक्त निर्णयमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, महावीर पुन, जेनजी अभियानीहरू रक्षा बम, तनुजा पाण्डे लगायतले आलोचना गरेका छन्।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।