सुन,चाँदी, बिटक्वाइन र इथेरियमको ‘बबल’ फुट्न लागेको कियोसाकीको भविश्यवाणीले विश्वभर हलचल

Mar 17, 2026 04:46 PM mero lagani



विश्वविख्यात पुस्तक ‘रिच ड्याड, पुअर ड्याड’  लेखक तथा आर्थिक विश्लेषक रोबर्ट कियोसाकीले मंगलबार गरेको भविष्यवाणीले आर्थिक क्षेत्रमा एक प्रकारको हलचल नै मच्चाएको  छ ।

उनले सामाजिक संजाल एक्समा त्यसबारेमा गरेको पोष्ट २ घण्टा भित्रै ४ लाखभन्दा बढीले हेरेका छन् भने सयौंले रिपोष्ट गरेका छन्, त्यस्तै सयौंले प्रतिकृया दिएका छन् ।

उनले एक्समा एक पोस्टमा लेखेकाे छ। बिश्व इतिहासकै सबैभन्दा ठूलो वित्तीय बबलको संघारमा छ । यो एक बबल हो जुन कुनै पनि समयमा फुट्न सक्छ । विस्फोटको एक वर्षपछि सुन, चाँदी र क्रिप्टोकरेन्सीको मूल्य ह्वात्तै बढ्नेछ ।

उनले ठूलो बबल आउने दावी गरे पनि त्यो कहिले आएर कहिले फुट्छ भन्ने बारेमा नबताए पनि  चाँडै नै यस्तो हुने बताएका छन् । कियोसाकीका अनुसार, बबल फुट्ने निश्चित छ, प्रश्न केवल कहिले हो। उनले भने कि कुनै ठूलो घटना वा ट्रिगरले यो दुर्घटनाको कारण बन्नेछ र त्यो समय धेरै टाढा छैन।

यो बबल फुटेपछि सुन र चाँदीको मूल्यमा ठूलो वृद्धि हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा सुनको मूल्य एक वर्षमा ३५ हजार डलर प्रति औंस हुनेछ । अहिले यो लगभग ५ हजार डलर प्रति औंस छ। कियोसाकीका अनुसार एक वर्षमा सुनको मूल्य करिब ७ गुणाले बढ्छ ।

कियोसाकीले चाँदीको बारेमा लेखेका छन्—फोका फुटेको एक वर्षपछि धातुको मूल्य प्रति औंस २०० डलर हुनेछ । चाँदी हाल ८२ डलरको हाराहारीमा छ । अर्थात् एक वर्षमा चाँदीको मूल्य करिब साढे दुई गुणाले बढ्नेछ ।

उनले एक बिटक्वाइनको मूल्य एक वर्षपछि ७.५० मिलियन डलरमा पुग्ने दाबी पनि गरेका छन् । अहिले यसको मूल्य ७४ हजारभन्दा अलि माथि छ । अर्थात् बिटक्वाइनको मूल्य १० गुणाभन्दा बढीले बढ्नेछ । बिटक्वाइन मात्र होइन, इथेरियमको मूल्य पनि आकासिनेछ। एक इथेरियमको मूल्य एक वर्षपछि बढेर ९५ हजार डलर पुग्नेछ । अहिले, एक इथेरियमको मूल्य लगभग २३०० डलर छ । अर्थात्, विश्वको दोस्रो सबैभन्दा महँगो क्रिप्टो इथेरियमको मूल्य एक वर्षमा ४० गुणाभन्दा बढी हुनेछ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।