आगामी तीन दिन हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव

Mar 19, 2026 04:21 PM Merolagani



गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च शतर्कता अपनाउन अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रवारदेखि मौसममा उल्लेख्य परिवर्तन आउने जानकारी दिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष शतर्कता अपनाउन अपील गरेको छ । जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र विनाशकारी हावाहुरी चल्ने सम्भावना देखिएको छ ।

कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

प्राधिकरणकाअनुसार चैत्र ६ गते शुक्रवार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

लुम्बिनी र पूर्वी नेपालमा तिब्र हावाहुरीको चेतावनी

शुक्रवारदेखि नै लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम बढेको छ । शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै १ सय १९ किलोमिटर प्रतिघण्टाको गतिमा तिब्र हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

शनिवार पूर्वी नेपालमा भीषण हावाहुरीको जोखिम

आगामी शनिवार पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान लगायतका आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तिबक्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत र सञ्चार सेवा प्रभावित पार्नसक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।

सम्भावित जोखिम र हालको अवस्था

प्रि–मनसुनको अवधि भएकाले तिब्र हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना र घरका छानाहरू उड्ने, तथा विद्युत र सञ्चार सेवा अवरुद्ध हुने जस्ता जोखिमहरू रहन्छन् । पछिल्ला केही दिनमा हावाहुरीका कारण विभिन्न स्थानमा मानवीय क्षति समेत भइसकेको सन्दर्भमा प्राधिकरणले थप गम्भीर हुन नागरिकहरूलाई आग्रह गरेको हो ।

नागरिकका लागि प्राधिकरणको विशेष सुझाव

प्राधिकरणले जोखिमबाट बच्न प्राधिकरणले शतर्कता अपनाउन अनुरोध गरेको छ । विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू (चुल्हो, ग्यास आदि) बन्द राख्न,सवारी साधन चलाइरहेको भए सुरक्षित स्थानमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन समेत सबैमा अनुरोध गरेको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।