निर्वाचन आयोगले निर्वाचनसम्वन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्यो

Mar 19, 2026 05:09 PM merolagani



प्रतिनिधि सभा निर्वाचनसम्बन्धी प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।

 

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज उक्त प्रतिवेदन पेस गरेका हुन्। अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागेर निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए।

निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई उनले धन्यवाद दिएका छन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।