भारतीय बजारमा सार्वजनिक भयो कियाको केरेन्स क्लाभिस इभी, सुरुवाती मूल्य र गाडीका यस्ता छन् विवरण

Mar 21, 2026 12:45 PM merolagani



हालै भारतीय बजारमा कियाको केरेन्स क्लाभिस इभी सार्वजनिक भएको छ ।

कियाको नयाँ ६ सिटर कन्फिगरेसन र थप भेरियन्टहरुसँग सार्वजनिक भएको हो । डिजाइन केही परिवर्तन भइ आएको यसको सुरुवाती मूल्य भारतीय एक्स शोरुमहरुमा १७.९९ लाख भारतीय रुपैयाँ छ ।

त्यस्तै अन्य शोरुमहरुमा गाडीको मूल्य अधिकतम २४.९९ लाख भारतीय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, ६ सिटर संस्करणको यो इभी गाडीले बीचको पंक्तिमा बस्नेहरुका लागि क्याप्टेन सिटहरु समेत प्रदान गर्नेछ ।

कम्पनीले जनाएअनुसार, ६ सिटर संस्करण यो इभीको लेआउट धेरै भेरियन्टहरुमा प्रस्ताव गरिएको छ । जस्तै एचटीके प्लस ४२ किलोवाटलगायत विभिन्न भेरियन्टका इभीहरु प्रस्ताव गरिएको हो । रोचक कुरा के छ भने ६ सिटर र ७ सिटर भेरियन्टका गाडीको मूल्य समान रहेको छ ।

यो इभीले नयाँ जीटी लाइन र एक्स लाइन भेरियन्टहरुमा प्राप्त गर्दछ । जसमा ठूलो ५१.४ किलोवाट ब्याट्री प्याकअप रहेको छ । यसले पूर्ण चार्जमा ४९० किलोमिटरको ड्राइभिङ दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ । केरेन्स क्लाभिस इभी ४२ किलोवाट संस्करणले ४०४ किलोमिटरको दायरा प्रदान गर्नेछ ।

यो गाडी दुवै ब्याट्री विकल्पहरुले १०० किलोवाटको डीसी फास्ट चार्जिङलाई समर्थन गर्दछ । जसले ब्याट्रीलाइ करिब ३९ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । ११ किलोवाट एसी चार्जर प्रयोग गरेर ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर ब्याट्री प्याकहरु क्रमशः ४ घण्टा र ४ घण्टा ४५ मिनेटमा १० देखि १०० प्रतिशत नै चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

भारतीय बजारमा सार्वजनिक भएको यो गाडीप्रति ग्राहकको राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । सुरुवातीमा नै गाडीको बुकिङ र बिक्रीको अवस्था राम्रो हुनेमा कम्पनी आशावादी छ । यो गाडी नेपालमा पनि सन् २०२६ भित्र नै आउने अपेक्षा गरिएको छ ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।