नागढुंगा सुरुङमार्ग नयाँ वर्षदेखि संचालनमा आउने, चिनियाँ ‘ज्वाइण्ट भेन्चर’लाई ठेक्का दिने तयारी

Mar 22, 2026 11:04 AM mero lagani



नागढुंगा सुरुङमार्ग सञ्चालनको लागि चीनको छोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र एआरटी कन्स्ट्रक्शन कम्पनीको ‘ज्वाइण्ट भेन्चर’लाई दिइने भएको छ ।

नागढुंगा सुरुङमार्ग सञ्चालनको लागि चीनको छोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र एआरटी कन्स्ट्रक्शन कम्पनीको ‘ज्वाइण्ट भेन्चर’लाई दिइने भएको छ ।

आगामी नयाँ वर्ष २०८३ अर्थात आउदो वैशाखदेखि उक्त सुरुङमार्गमा सवारीसाधन सञ्चालन गर्ने तयारीसहित सरकारले आव्हान गरेको अन्तराष्ट्रिय बोलपत्रमा सबैभन्दा थोरै मूल्यसहित प्रस्ताव गरेपछि उक्त ‘ज्वाइण्ट भेन्चर’लाई ठेक्का दिने तयारी गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सबैभन्दा कम मूल्यसहितको बोलपत्र भरेको भनिए पनि त्यो कति हो भन्ने बारेमा भने सरकारी अधिकारीहरुले केही बताएका छैनन् ।

सरकारी आह्वानअनुसार १० वटा ‘ज्वाइण्ट भेन्चर’हरुले बोलपत्र प्रस्ताव पेस गरेका थिए ।

स्रोतकाअनुसार बोलपत्र भरेका अन्य ‘ज्वाइण्ट भेन्चर’हरुको तुलनामा छोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र एआरटी कन्स्ट्रक्शन कम्पनीको ‘ज्वाइण्ट भेन्चर’ले पेश गरेको प्रस्तावमा उल्लेख मात्रामा रकमको अन्तर रहेको छ । ‘सबैकुरा अहिले नै भन्न मिल्दैन । तर अन्य ज्वाइण्ट भेन्चरको तुलनामा यो ज्वाइण्ट भेन्चरले गरेको प्रस्ताव झण्डै ४० प्रतिशत कम छ । अहिले ती प्रस्तावहरुको अन्य पक्षहरुको बारेमा मूल्यांकन भइरहेको छ । यदि अरु कुनै पक्षमा देखिने गरि कमजोरी नभेटिए हामीले अरुलाई दिनै मिल्दैन’ सम्वद्ध एक अधिकारीले मेरो लगानीसँग भने ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।