एक हप्तामा सुनको मूल्य १९ हजार ७०० रुपैयाँले घट्यो, कुन दिन कतिले घट्यो ?

Mar 21, 2026 06:15 AM merolagani



पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्यमा १९ हजार ७०० रुपैयाँले गिरावट आएको छ ।

गत फागुन २९ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १४ हजार २०० प्रतितोलामा कारोबार भएको थियो । हप्ताभर सुनको मूल्य निरन्तर घटेको देखिन्छ ।

एक हप्तापछि चैत्र ६ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य घटेर २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको छ । एकै हप्तामा सुनको मूल्यमा भारी गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, चैत १ गते आइतबार सुनको मूल्य तीन लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको देखिन्छ । चैत २ गते सोमबार भने सुनको मूल्य १०० रुपैयाँले बढेर तीन लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चैत ३ गते मंगलबार पनि सुनको मूल्य ४०० रुपैयाँ बढेर प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चैत ४ गते बुधबार भने सुनको मूल्य २२०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चैत ५ गते बिहीबार पनि एकैदित ५ हजार ४०० रुपैयाँले सुनको मूल्य घटेर प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ र चैत ६ गते पुनः ७ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेर त्यस दिन २ लाख ९४ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ ।

अघिल्ला हप्ताहरुमा निरन्तर बढेको सुनको मूल्य पछिल्ला दिनमा घट्न थालेको छ । सुन व्यवसायीका अनुसार, मध्यपूर्वी क्षेत्रको युद्ध र तनाव जारी रहे पनि त्यसको प्रभाव नेपाली सुनको बजारमा नपरेको उनीहरुको भनाइ छ ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।