क्रिप्टो करेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

Mar 23, 2026 01:26 PM Merolagani



अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१३ एकान्तकुना बस्ने भारत, पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भएका ४१ वर्षीय प्रवेश अली, काठमाडौं महानगरपालिका–६ बौद्ध जोरपाटी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका–२० घर भएका ३१ वर्षीय नरेश रेउले र महालक्ष्मी नगरपालिका–२५ नख्खु बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भएकी ३० वर्षीया दिप्ती पोखरेल रहेका छन्।

हुण्डी तथा अभौतिक मुद्रा समेतको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेशलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको थियो।

सोधपुछका क्रममा उनले दिप्ती र प्रवेशका लागि USDT खरिद–बिक्री गर्ने गरेको खुल्न आएपछि प्रहरीले दिप्तीलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित रेडहनपुलबाट नगद १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको हो भने प्रवेशलाई ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रवेशले आफ्नो मोबाइलबाट Binance ID प्रयोग गरी हालसम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रुपैयाँ ४ पैसा बराबरको कारोबार गरेको खुलेको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।