एशाेसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय गरेको हो । नेपालको पूँजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध छन । बजार पूँजीकरण ५० खर्बको हाराहारीमा छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा पूँजी बजारलाई सशक्त रुपमा अघि बढाउनु पर्ने छ । नेपालको पुँजी बजारलाई समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउन महासङ्घको केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएको ढकालले बताए ।
पछिल्लो दुई वर्षदेखि ब्राेकरकाे भूमिकामा रहेको ढकाल जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध रहेका छन् । आफू महासङ्घको केन्द्रीय कार्यसमितिमा गएर नेपालका उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारसँग नीतिगत लबिङमा लाग्ने ढकालको भनाइ छ ।