औद्योगिक नीति ल्याउन पहल गर्छुः एफएनसीसीआई उपाध्यक्षका उम्मेदवार घिमिरे

Mar 23, 2026 05:10 PM merolagani



नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनको वस्तुगत तर्फका उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले उत्पादनमुखी र प्रविधिमैत्री अर्थतन्त्र निर्माण आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्।

सोमवार काठमाडौंमा अञ्जन श्रेष्ठ समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताएका हुन् ।

उनले आत्मनिर्भर औद्योगिक संरचना विकासका लागि विशेष औद्योगिक नीति आवश्यक रहेको औंल्याउँदै त्यसका लागि निर्णायक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले विश्वव्यापीकरणका कारण विकासशील मुलुकतर्फ उक्लिरहेको नेपालको साना तथा मझौला उद्योग क्षेत्र जोखिममा परेको भन्दै त्यसको संरक्षण पनि आफ्नो प्राथमिकता रहने उल्लेख गरे । उनले ठूला उद्योग र साना उद्योगीबीच सहकार्यको वातावरण निर्माण गरी उत्पादन वृद्धि तथा प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै किसान, सहकारी र उद्योगबीच एकीकृत मूल्य शृंखला विकास गर्दै कृषिजन्य कच्चा पदार्थमा आधारित उद्योगलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न पहल गर्ने दाबी पनि गरे ।

उनले पर्यटन क्षेत्रलाई कृषि, शिक्षा र स्वास्थ्यसँग जोडेर एकीकृत विकास मोडेल अघि बढाउने योजना समेत सार्वजनिक गरे । अवैध तथा अस्वस्थ प्रतिष्पर्धा नियन्त्रण गर्दै करको दायरा विस्तार र पूर्वानुमानयोग्य कर प्रणालीको वकालत गर्ने उनको भनाइ छ । युवा उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै स्टार्टअपका लागि सुरक्षित र प्रोत्साहनमूलक वातावरण निर्माण गरिने समेत उनले बताए । साथै, प्रविधिमा आधारित व्यवसायलाई अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य घिमिरेले प्रतिवद्धता जनाए।

उनले भने, ‘विश्वव्यापीकरण र विकासशील मुलुकमा उक्लिँदै गरेको कारण हाम्रा साना उद्योगहरु जोखिममा छन् । हामी आत्मनिर्भर उद्योग परिचालन गरी विशेष औद्योगिक नीति ल्याउन निर्णायक पहल गर्नेछौँ । ठूला उद्योग र उद्योगीहरुबीच विशेष सहकार्यको वातावरण बनाउनेछौँ । हाम्रा एजेण्डा उत्पादनमुखी र प्रविधिमैत्री अर्थतन्त्र रहेको छ । हाम्रो नेतृत्वले केवल कुरा गर्ने छैन ठोस परिणाम पनि दिनेछ । हामी किसान र सहकारी उद्योगबीच एकीकृत मूल्य श्रृंखला निर्माण गर्न विशेष पहल गर्नेछौँ । कृषिजन्य कच्चा पदार्थजन्य उद्योगलाई सहुलियतपूर्ण कर्जाका लागि पैरवी हुनेछ । पर्यटनलाई कृषि, शिक्षा र स्वास्थ्यसँग जोडेर एकीकृत विकास मोडल अघि बढाउनेछौँ । अवैध र अस्वस्थ प्रतिष्पर्धा नियन्त्रण गरी सबैलाई करको दायरमा ल्याउने हाम्रो लक्ष्य रहनेछ । युवा स्टार्टअप र युवा उद्यमीका लागि व्यवसायिक सुरक्षा, प्रोत्साहनमुलक वातावरण निर्माण गरी देशभित्रै रोजगारी सिर्जना गर्न हामी विशेष पहल गर्नेछौँ । प्रविधि व्यवसायलाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी बनाउन समेत सम्बन्धित सबैसँग पहल हुनेछ । हामी कर घटाउने मात्र होइन करको दायरा विस्तार गर्ने र पूर्वअनुमानयोग्य कर प्रणालीको वकालत गर्नेछौँ ।’

एफएनसीसीआईको यही चैत २९ र ३० मा हुने ६० औँ वार्षिक साधारण सभाले अध्यक्षबाहेक अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको चयन गर्नेछ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।