सांग्रिला डेभलपमेन्ट बैंकद्वारा फरक क्षमता भएका व्यक्तिलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Mar 23, 2026 05:43 PM merolagani



सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंकसँगको कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल, जोखिमलगायत विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजीकरण गरेका थिए । कार्यक्रमको समापनमा राष्ट्रिय वहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यो कार्यक्रम धेरै उपयोगी रहेको जानकारी गराउँदै आर्थिक क्षेत्रका विभिन्न उपयोगी तालिमका लागि बैंक र वित्तीय संस्थाहरुसँग सहकार्य गरिरहेको बताए ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।