पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्न आयोगबाट पायो पूर्वस्वीकृति

Mar 23, 2026 05:43 PM merolagani



पिपुल्स हाइड्रोपावर कम्पनीले विद्युत् नियमन आयोगमार्फत हकप्रद शेयर जारी गर्ने पूर्वस्वीकृति प्राप्त गरेको छ ।

गत आइतबार आयोगले कम्पनीलाई १ः१ (शतप्रतिशत) हकप्रद शेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएको कम्पनीका प्रवन्ध सञ्चालक केशव बहादुर रायमाझीले बताए ।

हालै विद्युत् नियमन आयोगले कम्पनीको गत आर्थिक वर्ष २०८१।०८२ को साधारणसभाबाट पनि हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार,कम्पनीले पूर्वस्वीकृतिका लागि यसअघि नै आयोगमा निवेदन पेश गरेको थियो ।

‘हालै पिपुल्स पावर कम्पनीले राइट्स शेयर जारी गर्नका लागि विद्युत् नियमन आयोगले पूर्वस्वीकृति प्रदान गरेको छ । अब हामीले निकट भविष्यमा नै कम्पनीको हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाउँछौं ।’

कम्पनीका अनुसार, हकप्रद शेयर निष्कासनबाट संकलित रकम आयोजनाको ऋण तिर्न प्रयोग गरिनेछ । “ऋणको आकार घटेपछि ब्याज खर्च जोगिनेछ र आगामी वर्षदेखि हामी शेयरधनीहरूलाई लाभांश बाँड्न सक्ने अवस्थामा पुग्नेछौं,“ रायमाझीले मेरो लगानीसँग बताए ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।