अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि वार्ता, इरानी विद्युत केन्द्रमा आक्रमण स्थगित गर्ने अमेरिकाको निर्णय

Mar 23, 2026 05:56 PM mero lagani



युद्धरत अमेरिका र इरानबीच वार्ता भएको छ । 

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अबको ५ दिनमा निर्णायक वार्ता हुने र त्यो सफल हुनेमा आफू विश्वस्त रहेको उनले दावी गरेका छन् ।

उनले ट्रुथ सोशलमा लेखेका छन्- ‘हप्ताभरि जारी रहने यो रचनात्मक वार्ताको टोन र वातावरणलाई ध्यानमा राख्दै, मैले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्ट र ऊर्जा पूर्वाधारमा सबै सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ।’

उक्त वक्तव्यपछि तेल र ग्यासको मूल्य घट्यो डोनाल्ड ट्रम्पको बयानपछि शेयर बजारमा वृद्धि हुन थालेको छ । बयानपछि ब्रेन्ट क्रुडको मूल्य १३ प्रतिशतले घटेको छ र यो करिब ९६ डलर प्रति ब्यारेलमा झरेको छ । लन्डनको एफटीएसई सूचकांक अब ०.५५ ले बढेको छ, पहिले २५ भन्दा बढीको गिरावटको तुलनामा। केही समयअघि डोनाल्ड ट्रम्पको सन्देश अपरेसन एपिक फ्युरी सुरु भएपछिको सबैभन्दा मेलमिलापपूर्ण सन्देश थियो। तर यसले धेरै महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिँदैन। उनले इरानसँग निकै राम्रो र उपयोगी वार्ता भएको बताए । तर इरानबाट भने यसको पुष्टि भएको छैन । यो अभिव्यक्ति पछिल्लो दुई दिनमा दुवै पक्षले अपनाएको आक्रामक स्वरभन्दा ठ्याक्कै फरक छ । यसबाहेक, यो स्पष्ट छैन कि यी वार्ताहरूको मुख्य विषय के थियो। सायद यो इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम वा आणविक संम्बर्द्धन मुद्दा थियो वा युद्धविराम मात्र थियो ।

यस अधि ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्नका लागि ४८ घण्टाको समय दिइएको बताएका थिए । ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्- यदि इरानले अबको ४८ घण्टाभित्र बिना कुनै खतरा स्ट्रेट अफ होर्मुज खोल्न सकेन भने अमेरिकाले उसको धेरै पावर प्लान्टमा आक्रमण गर्नेछ र नष्ट गर्नेछ।

तर यसको जवाफमा इरानले अमेरिका र उसका सहयोगी राष्ट्रका ऊर्जा केन्द्र, डिसेलिनेसन इन्फ्रास्ट्रक्चर (वाटर प्युरिफिकेसन प्लान्ट) मा आक्रमण गर्ने बताएको छ । आइतबार ट्रम्पले एक पोस्टमा भनेका थिए-अमेरिकाले इरानलाई नक्साबाट हटाएको छ । 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।