बीमा प्राधिकरण एक्सनमा, निर्देशन उल्लंघन गरेको भन्दै चार बीमा कम्पनीलाई कारवाही

Mar 23, 2026 06:02 PM mero lagani



नेपाल बीमा प्राधिकरणले दिएको निर्देशन उल्लंघन गरेको जनाउँदै केही बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । 

प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स गरी तीन वटा लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्ससहित चारवटा बीमा कम्पनीलाई कारवाही गरेको हो ।

प्राधिकरणका प्रवक्ता पुजन ढुंंगेल अधिकारीले प्राधिकरणले दिएको निर्देशन उल्लंघन गरेको कसुरमा लाइफ इन्स्योरेन्सतर्फ नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र तथा नन लाइफ इन्स्योरेन्सतर्फ नेको इन्स्योरेन्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको बताए ।

त्यसैगरी हिल्टन होटल पुनर्विमाको विवादमा प्राधिकरणले नेपाल रिका सीईओसहित हिमालयन रि–इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बिमा दलाल)लाई कानुन विपरीत काम गरेको भन्दै कारबाही गरेको हो ।

नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बिमा ऐन, २०७९ को बमोजिम कबुलियतनाम सम्बन्धी कारबाही गरेको छ भने हिमालयन रि र ओरियन्टल इन्स्योरेन्सलाई दुई–दुई लाख रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै एलियन्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स तीन महिना निलम्बन गर्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता पुजन ढुंगेल अधिकारीले बताए ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा हिल्टन होटलमा क्षति पुगेपछि ६ अर्ब रुपैयाँ बराबरको बिमा दाबी भएको थियो । नियमअनुसार ‘हुलदंगा तथा आतंकवाद जोखिम’को पुनर्बिमा नेपाल रिमा मात्र गर्नुपर्ने प्रावधान छ । तर, ओरियन्टल इन्स्योरेन्सले एलियण्ट ब्रोकरमार्फत उक्त जोखिमको पुनर्बिमा शुल्क प्रिमियम) निजी क्षेत्रको हिमालयन रिलाई तिरेको प्रमाण भेटिएको थियो।

जब होटेलमा क्षति पुगेर ६ अर्बको दाबी आयो, तब हिमालयन रिलाई बचाउन उक्त दायित्व सरकारी स्वामित्वको नेपाल रिमा सार्ने प्रपञ्च रचिएको प्राधिकरणको छानबिनले देखाएको छ । नेपाल रिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले सुरुमा पुनर्बिमा प्रस्ताव अस्वीकार गरी निजी कम्पनीलाई फाइदा पुर्याएको र क्षति भएपछि पुनः सरकारी कम्पनीलाई नै भार पार्न खोजेको निष्कर्ष प्राधिकरणले निकालेको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।