सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने युवक पक्राउ

Mar 23, 2026 06:14 PM MeroLagani



सामाजिक सञ्जालमार्फत नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडियो प्रसारण गरी चरित्र हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

नाबालिकाले इन्स्टाग्राममार्फत साथीबाट प्राप्त जानकारी अनुसार टेलिग्राम एकाउन्टमार्फत अश्लील सामग्री प्रसारण भइरहेको उजुरी साइबर ब्यूरोमा दर्ता भएको थियो। सोको आधारमा गरिएको प्राविधिक अनुसन्धानबाट काभ्रेपलान्चोक जिल्ला, नमोबुद्द नगरपालिका–८ दारीमबोट स्थायी घर भई काठमाडौं बस्ने २२ वर्षीय अशोक लामा संलग्न रहेको पुष्टि भएको हो।

ब्यूरोले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा चैत्र ८ गते काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंले चैत्र ९ गतेको आदेशअनुसार थप पाँच दिनको म्याद दिई अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमा अश्लील सामग्री प्रसारण, नाबालिकाको चरित्र हत्या तथा साइबर अपराधमा संलग्न हुने व्यक्तिलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।